स्याङ्जाका ८ स्थानीय तहमा आज सार्वजनिक बिदा

स्याङ्जा । ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जा जिल्लाका ११ मध्ये ८ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। मगर समुदायको उल्लेख्य बसोबास रहेका ती पालिकाहरूले आफ्नो क्षेत्रभित्र आज एक दिनका लागि स्थानीय बिदा घोषणा गरेका हुन्।

सार्वजनिक बिदा दिने पालिकाहरूमा जिल्लाका पाँच नगरपालिका र तीन गाउँपालिका रहेका छन्। वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकामा आज बिदा दिइएको छ भने कालीगण्डकी, हरिनाश र विरुवा गाउँपालिकाले पनि एकता दिवसको अवसरमा बिदाको निर्णय गरेका छन्।

जिल्लाका बाँकी ३ पालिकाले भने आज सार्वजनिक बिदा दिएका छैनन्। अर्जुन चौपारी, फेदिखोला र आँधीखोला गाउँपालिकामा भने आज नियमित कामकारबाही सुचारु रहने जानकारी प्राप्त भएको छ।

बिदा दिइएका पालिकाहरूमा आज वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा अन्य सार्वजनिक संघसंस्थाहरू पूर्ण रूपमा बन्द छन्। मगर समुदायले आज विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना र एकता दिवस मनाउँदै छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा