मंगलबार पनि ताेलामा २ हजार ५०० रूपैयाँले बढ्याे सुनकाे भाउ, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएकाे छ । आइतबार साेमबार ताेलमा ५ हजार ६०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज पनि ताेलामा २ हजार ५०० रूपैयाँले बढेकाे हाे ।

याेसँगै मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १०० र आइतबार प्रतिताेला ३ लाख २० हजार ५०० रूपैयाँ कायम भएकाे थियाे ।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा