मौसम अपडेट: उच्च चापीय प्रणालीको प्रभाव, पहाडी भेगमा आंशिक बदली र तराईमा हुस्सु

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा अहिले आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानहरूमा दिउँसोको समयमा हुस्सु लाग्न सक्ने देखिएको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली कायमै रहनेछ। बाँकी क्षेत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा तराईका थोरै स्थानहरूमा तुवाँलो लाग्न सक्ने सम्भावना रहेकाले स्वास्थ्य र यात्रामा सतर्कता अपनाउन आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा