काठमाडौँ-१ बाट खुल्याे रास्वपाको खाता, १५ हजार ४५५ मतसहित रञ्जु दर्शना विजयी

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजयी भएकी छन्। मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले दर्शनालाई आधिकारिक रूपमा विजयी घोषणा गरेका हुन्।

कुल २९ हजार ७७४ मत खसेको यस क्षेत्रमा रञ्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै जित हासिल गरेकी छन्। २९ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेको यस क्षेत्रमा दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी रञ्जुले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई ठूलो मतान्तरले पछाडि पारेकी हुन्।

उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन्। यस्तै, यसअघिका निर्वाचनहरूमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ हजार ९७२ मतमा सीमित भएका छन्। चौथो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गरेका छन्।

यसैगरी, देशभरको पछिल्लो मतपरिणाम अनुसार रास्वपाले ४६ सिटमा आफ्नो अग्रता कायम राखेको छ। अन्य दलहरूको अवस्था हेर्दा नेपाली कांग्रेस ६ सिटमा अगाडि छ, जहाँ ललितपुर-१ मा उदयशमशेर राणा (२,६७४ मत) र रसुवा-१ मा मोहन आचार्यले (२,०९८ मत) अग्रता लिएका छन्। नेकपा एमाले ५ सिटमा अगाडि देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा