लगातार दोस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य, दुई दिनमै ४ हजार ८०० रूपैयाँले घट्यो

काठमाडाैं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ, जबकि बिहीबार यसको मूल्य ३ लाख १७ हजार रुपैयाँ रहेको थियो। बिहीबार पनि सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले ओरालो लागेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। शुक्रबार चाँदी तोलामा २० रुपैयाँले सस्तिएर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा झरेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा