दाउन्नेमा सडक अवरुद्ध: ठूला मालवाहक सवारीलाई रात्रिकालीन रोक, वैकल्पिक मार्ग पनि बन्द

नवलपुर । अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (पूर्व) को दाउन्ने सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारको ६४ मोडमा सडक मर्मत भइरहेको स्थानमा अत्यधिक हिलो र चिप्लो भएपछि शनिबार बिहानैदेखि यातायात आवागमन रोकिएको हो।

शुक्रबारदेखि नै प्रभावित बनेको यो सडकखण्डमा आजको वर्षाले थप समस्या निम्त्याएको प्रहरीले जनाएको छ। सडक विस्तारका क्रममा खनिएको माटो भिजेर सवारी साधनहरू चिप्लिने र अड्किने समस्या देखिएपछि राजमार्गको दुवैतर्फ सवारीको लामो लाइन लागेको छ।

बढ्दो जोखिमलाई ध्यानमा राख्दै नारायणघाट–बुटवल सडक योजनाले आजदेखि चैत ८ गतेसम्मका लागि रातिको समयमा ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नयाँ नियम अनुसार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा ठूला ट्रक तथा कन्टेनरहरू चल्न पाउने छैनन्।

यद्यपि, यात्रुवाहक बस र एम्बुलेन्स लगायतका आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा गन्तव्यतर्फ पठाइनेछ। दाउन्नेमा अवरोध भएपछि सवारी साधनहरूलाई सिद्धार्थ राजमार्गतर्फ पठाउने (डाइभर्ट गर्ने) प्रयास गरिए पनि पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेका कारण सो वैकल्पिक मार्ग समेत अवरुद्ध बनेको छ। यसले गर्दा पश्चिम नेपालबाट बुटवल हुँदै पूर्वतर्फ आउने यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा