देशभर बदली: हावाहुरी, चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले गर्दा हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भागमा अधिकांश बदली, पहाडी भू-भागमा साधारणतया बदली र तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि मौसममा उल्लेख्य सुधार हुने देखिँदैन। देशको हिमाली भू-भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेस प्रदेशलगायत पहाडी भू-भागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। तराईका भू-भागमा भने आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। प्रि-मनसुनको सक्रियतासँगै वायुमण्डल अशान्त रहने हुनाले चट्याङ्ग र हावाहुरीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न महाशाखाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा