पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि कांग्रेसको संस्थापन इतर समूह जुर्मुरायो: ठमेलमा शीर्ष नेताहरूको आकस्मिक छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। पूर्वगृहमन्त्री एवं पार्टीका प्रभावशाली नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाउन इतर समूहका नेताहरू ठमेलको एक होटलमा भेला भएका हुन्।

स्रोतका अनुसार, यस छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुभएको छ। बैठकमा खड्कासँगै डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत २० जनाभन्दा बढी नेताहरू सहभागी छन्।

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट ‘जेनजी’ आन्दोलनका क्रममा भएको क्षतिको आरोपमा पक्राउ गरेको थियो। उहाँलाई हाल महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। लेखकको पक्राउ लगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नियन्त्रणमा लिइएको थियो, जसलाई अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

कांग्रेसले आधिकारिक रूपमा लेखकको पक्राउबारे अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नगरे पनि इतर समूहले यसलाई सरकारको ‘प्रतिशोधपूर्ण कदम’ का रूपमा लिएको बुझिएको छ। नेकपा एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरिसकेको अवस्थामा कांग्रेसको यो बैठकले कस्तो रणनीति लिन्छ भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। विशेष गरी ‘जेनजी’ आन्दोलनको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने बालेन सरकारको निर्णयले प्रमुख दलहरूभित्र ठूलो हलचल पैदा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा