फेरी बढ्न थाल्याे सुनकाे भाउ, तोलाको २ लाख ९० हजार नाघ्याे

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि देखिएको छ। सोमबारको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको बजार मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि साताको दोस्रो दिन सोमबार भने सुनको मूल्यमा गिरावट आएको थियो। हिजो तोलामा २ हजार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। महासंघका अनुसार चाँदी तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले ओरालो लाग्दै ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा