कठमाडौं । बुधबार फेरि सेयर बाजारमा भारि अंककाे गिरावट आएकाे छ। आइतबार र सोमबार लगातार दुई दिन घटेको सेयर बजार हिजो मंगलबार भने बढेको थियो । आज पुनः सेयर बजारमापक नेप्से ७४.७३ अंकले घटेको हो ।
पनि शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरी घटेको छ । हिजो केही अंकले बढेको नेप्से आज फेरी घटेको छ । आज बजार बन्द हुँदा नेप्से २.६२ प्रतिशतले घटेर २७७६.३६ विन्दुमा नेप्से पुगेको छ ।
नेप्से घट्दा पनि आज काराेबार भने बढेकाे छ। यसदिन ३४७ कम्पनीकाे ३ कराेड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १२ अर्ब १० कराेड ९५ लाख २५ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे छ।
हिजाे ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोढ २४ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ। बजार बन्द हुँदा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २५५ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन ।
आज ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यसदिन रिलायन्स स्पिनिङ मिल्स र सुपरखुदी हाइड्रोपावरकाे सेयर मूल्य १० प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेकाे छ।





