सम्पत्ति विवरणबारे शिक्षामन्त्री पोखरेलको प्रष्टीकरण: ‘पारदर्शिताका लागि मावलीसम्मको सम्पत्ति खुलाएको हुँ, डराउनुपर्ने केही छैन’

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणका विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनुभएको छ। आइतबार मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उहाँको २० करोड बढीको अचल सम्पत्तिलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएपछि मन्त्री पोखरेलले सोमबार राति फेसबुकमार्फत आफ्नो धारणा राख्नुभएको हो।

मन्त्री पोखरेलले भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र ‘पारदर्शिता’ नै भएको र आफूले सोही मान्यतालाई आत्मसात् गर्दै विवरण सार्वजनिक गरेको बताउनुभएको छ। उहाँले प्राविधिक रूपमा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि कानुनतः पर्याप्त हुने भए तापनि पूर्ण पारदर्शिताको अभ्यास गर्न बुबा, आमा र मावली पक्षसम्मको विवरण खुलाएको दाबी गर्नुभयो। “मैले बुबाको सवारीसाधन समेत उल्लेख गरेको छु, किनकि म पूर्ण पारदर्शितामा विश्वास गर्छु,” उहाँले भन्नुभएको छ।

काठमाडौँको जग्गाको मूल्याङ्कनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आफूले चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको स्पष्ट पार्नुभयो। सबै सम्पत्ति परिवारको इमानदार मेहनतको कमाइ भएको उल्लेख गर्दै उहाँले आफू कुनै पनि छानबिनबाट नडराउने जिकिर गर्नुभएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूले यसरी व्यक्तिगत र पारिवारिक विवरण विस्तृत रूपमा सार्वजनिक गर्नुलाई राजनीतिक वृत्तमा पारदर्शिताको सकारात्मक सुरुवातका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा