नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै: संसदीय दलको नेता चयन र महाधिवेशन तयारीबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक रणनीतिबारे घनिभूत छलफल हुने बताइएको छ।

आजको बैठकमा विशेष गरी प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रिया र मापदण्डबारे छलफल हुने नेताहरूले बताएका छन्। कांग्रेसले आजैदेखि दलको नेता चयनको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यसका साथै पार्टीको आगामी १५ औँ महाधिवेशनको प्रारम्भिक तयारी र कार्यतालिकाबारे पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ।

पार्टीभित्र पछिल्लो समय देखिएका आन्तरिक विवाद समाधान र अनुशासनका विषयलाई पनि बैठकले प्राथमिकतामा राखेको छ। बालेन्द्र शाह नेतृत्वको सरकार र नयाँ राजनीतिक समीकरणका बीच कांग्रेसले सदन र सडकमा खेल्ने भूमिकाबारे पनि यो बैठकमा महत्त्वपूर्ण निर्णय हुनसक्ने आँकलन गरिएको छ। बैठकमा सहभागी हुन सबै कार्यसम्पादन समिति सदस्यहरूलाई समयमै उपस्थित हुन सूचित गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा