नेप्से परिसूचकमा झिनो वृद्धि, २७८८.७० विन्दुमा बजार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज झिनो अंकले बढेको छ। कारोबारको अन्त्यमा नेप्से १.५४ अंकले वृद्धि भई २७८८.७० विन्दुमा पुगेको छ। यो वृद्धि प्रतिशतका आधारमा ०.०५ प्रतिशत हो।

आज दिनभरमा कुल ३५१ वटा कम्पनीहरूको शेयर कारोबारमा आएको छ। जसमध्ये ८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

आजको कारोबारमा ७५ हजार २२९ पटकको किनबेचबाट कुल १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर कारोबार भएको छ। यसबाट कुल ५ अर्ब २७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार रकम कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा