सुकुमवासी मोर्चाका अध्यक्ष नारायण परिश्रमी पक्राउ

काठमाडौं । सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार (नारायण परिश्रमी) पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमीलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

एसपी भट्टराईका अनुसार, उनी बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए। ‘बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौं,’ उनले भने।

सरकारले काठमाडौंका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा भएको यो गिरफ्तारीलाई निकै चासोका साथ हेरिएको छ। यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा प्रहरीमाथि बल प्रयोग गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा