ठेक्का विवरण हेरफेर प्रकरण: कल्पवृक्ष विल्डर्सका सञ्चालकसहित थप दुई जना पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ-गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिका लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो।

ढुङ्गानालाई बालाजु र पोखरेललाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। उनीहरूमाथि सरकारी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअगावै प्रणालीमा छिरेर कागजात (डकुमेन्ट) परिवर्तन गरेको आरोप लागेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनीहरूमाथि सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पनि थप अनुसन्धान भइरहेको छ। यसअघि यही प्रकरणमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डेसहित अन्य सात जना पक्राउ परिसकेका छन्। यो मुद्दामा हालसम्म पक्राउ पर्नेको सङ्ख्या नौ पुगेको ब्युरोले जानकारी दिएको

छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा