एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने मन्त्री पोखरेलको घोषणा, सातै प्रदेशमा अटिजम विशेष विद्यालय खोलिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो एक महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा ठूलो सुधारको खाका प्रस्तुत गर्नुभएको छ। मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले सुशासन र प्रणालीगत सुधारलाई प्राथमिकता दिएको बताउनुभयो।

मन्त्री पोखरेलले विगतमा एसईईको नतिजा आउन लाग्ने तीन महिनाको समयलाई घटाएर अब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। नेपालको इतिहासमै पहिलोपटक परीक्षा र उत्तरपुस्तिका परीक्षण कार्य एकैदिन सुरु गरिएको उल्लेख गर्दै उहाँले कक्षा १२ को नतिजा पनि परीक्षा भएको ४५ दिनभित्रै ल्याउने गृहकार्य भइरहेको दाबी गर्नुभयो।

समावेशी शिक्षाको क्षेत्रमा मन्त्री पोखरेलले सातै प्रदेशमा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय स्थापना गर्ने नयाँ योजना अघि सार्नुभएको छ। यस्तै, खेलकुदलाई विद्यालयको पाठ्यक्रमसँग जोड्दै तल्लो तह (ग्रासरुट) देखि नै खेलाडी उत्पादन गर्ने नीतिगत तयारी भइरहेको उहाँले बताउनुभयो। सस्तो लोकप्रियताभन्दा समस्याको दीर्घकालीन समाधानमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै मन्त्री पोखरेलले आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा