प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल सुरु: विपक्षीको ३५ वटा संशोधन प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ भएको हो। बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम टेबल गरे तापनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने बताए तापनि बिहीबारको बैठकमा पनि प्रधानमन्त्री उपस्थित नभएपछि उनको अनुपस्थितिमै प्रक्रिया अघि बढाइएको हो। विपक्षी दलहरूले सरकारको यस नीति तथा कार्यक्रममाथि कुल ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। छलफलको सुरुमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको भन्दै चर्को विरोध जनाएका थिए।

छलफलका क्रममा कांग्रेसका मिस्कल राई, एमालेका ऐन महर, राप्रपाकी खुस्बु ओली र नेकपाका युवराज दुलालले सरकारको कार्यशैली र शासन प्रणालीमाथि प्रश्न उठाएका छन्। विपक्षीको अवरोध र मागका बाबजुद आजै छलफल सकेर उठेका प्रश्नहरूको जवाफ दिने संसद्को कार्यसूची रहेको छ। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले संसद्को गरिमा र जवाफदेहितामाथि प्रश्न उठाइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा