जेठ महिनामा अधिकांश बैंकको ब्याजदर स्थिर: ६ बैंकले घटाए, २ बैंकको भने सामान्य वृद्धि

काठमाडौँ । जेठ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले आफ्नो ब्याजदर स्थिर राखेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार १२ वटा बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् भने ६ वटा बैंकले ब्याजदर घटाएका छन् र २ वटा बैंकले सामान्य वृद्धि गरेका छन्।

ब्याजदर घटाउने बैंकहरूमा एनएमबि, एनआईसी एसिया, हिमालयन, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक रहेका छन्। एनएमबि बैंकले व्यक्तिगततर्फको ब्याजदर ०.२ प्रतिशत विन्दुले घटाएको छ भने एनआईसी एसियाले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत विन्दुले कटौती गरेको छ। त्यस्तै, हिमालयन र नेपाल बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाउँदा संस्थागततर्फ भने स्थिर राखेका छन्। स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले पनि दुवै क्षेत्रमा केही प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।

यता सिद्धार्थ र सिटिजन्स बैंकले भने ब्याजदरमा सामान्य वृद्धि गरेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशत विन्दुले बढाएको छ भने सिटिजन्स बैंकले संस्थागततर्फ ०.५ प्रतिशत विन्दुले बढाउँदा व्यक्तिगततर्फ भने ०.०५ प्रतिशत विन्दुले घटाएको छ। बाँकी १२ बैंकहरू—राष्ट्रिय वाणिज्य बैंक, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल एसबिआई, कृषि विकास, प्राइम र एभरेष्ट बैंकको ब्याजदर भने वैशाख महिनाकै समान रहेको छ।

वाणिज्य बैंकहरू व्यक्तिगत निक्षेप ब्याजदर संस्थागत निक्षेप ब्याजदर
वैशाख जेठ अन्तर वैशाख जेठ अन्तर
सिद्धार्थ बैंक ४.०५ +०.०५ ३.२५ ३.२५
एभरेष्ट बैंक ४.०५ ४.०५ ३.५ ३.५
कुमारी बैंक ४.०५ ३.९६ -०.०९ ३.५ ३.०१ -०.४९
स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.१ -०.१ २.७५ २.४८ -०.२७
सिटिजन्स बैंक ४.१५ ४.१ -०.०५ ३.५ +०.५
प्राइम कमर्सियल बैंक ४.१५ ४.१५ २.७५ २.७५
कृषि विकास बैंक ४.१५ ४.१५ २.७८ २.७८
नेपाल एसबिआई बैंक ४.२५ ४.२५ २.७५ २.७५
हिमालयन बैंक ४.५ ४.२५ -०.२५ ३.७५ ३.७५
नेपाल बैंक ४.५ ४.२५ -०.२५
ग्लोबल आइएमई बैंक ४.५ ४.५
माछापुच्छ्रे बैंक ४.५ ४.५
लक्ष्मी सनराइज बैंक ४.५ ४.५ ३.२५ ३.२५
सानिमा बैंक ४.५ ४.५ ३.३ ३.३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.५ ४.५ ३.५ ३.५
प्रभु बैंक ४.५५ ४.५५ २.७५ २.७५
नबिल बैंक ४.५५ ४.५५ ३.०१ ३.०१
एनआईसी एशिया बैंक ४.७५ ४.५ -०.२५ ३.७५ ३.५ -०.२५
राष्ट्रिय वाणिज्य बैंक ४.७५ ४.७५
एनएमबि बैंक ४.८ -०.२

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा