महालेखाको ६३ औँ प्रतिवेदन: मुलुकमा बेरुजुको पहाड, कुल अद्यावधिक रकम ७ खर्ब ५५ अर्ब नाघ्यो

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले मुलुकको आर्थिक अनुशासनको अवस्था भयावह रहेको देखाएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षणका क्रममा थप ८८ अर्ब ९ करोड रुपैयाँ बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ। यससँगै गत वर्षसम्मको बाँकी बेरुजु र यस वर्ष थपिएको रकमसहित कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

प्रतिवेदनको क्षेत्रगत विवरण अनुसार सङ्घीय सरकारी कार्यालयहरूमा सबैभन्दा बढी ५३ अर्ब ४९ करोड रुपैयाँ बेरुजु देखिएको छ। यस्तै, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र अन्य सरकारी समिति तथा संस्थाहरूमा १० अर्ब ३२ करोड रुपैयाँ बेरुजु फेला परेको छ। महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको यो प्रतिवेदनले सरकारी ढुकुटी परिचालनमा गम्भीर लापरबाही र वित्तीय अनुशासनको कमी रहेको औँल्याएको छ।

महालेखाको यो प्रतिवेदनले बेरुजु फर्स्योटको गति निकै सुस्त रहेको र असुलउपर गर्नुपर्ने रकममा वृद्धि हुँदै जाँदा राज्यको स्रोतमाथि ठुलो जोखिम बढ्दै गएको चेतावनी दिएको छ। विशेष गरी स्थानीय तह र सङ्घीय मन्त्रालयहरूमा बिना प्रमाण गरिएको खर्च, नीतिगत विचलन र प्रक्रिया मिचेर गरिएका भुक्तानीहरू नै बेरुजुको मुख्य कारण रहेको प्रतिवेदनमा विश्लेषण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा