पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात, दुई प्रदेशमा हावाहुरी र तापक्रम बढ्ने चेतावनी

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहँदा मुलुकका विभिन्न क्षेत्रको मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रणालीका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने देखिएको छ।

दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानहरू र बागमती, गण्डकी तथा कर्णालीका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशीको तराई क्षेत्रका एक–दुई स्थानमा पनि पानी पर्ने महाशाखाले जनाएको छ। आज मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भूभागमा भने तापक्रम बढ्ने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने कर्णालीको हिमाली क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली हुनेछ। रातिको समयमा कोशीका थोरै स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। तराईका थोरै स्थानहरूमा राति पनि हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा