नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन सम्पन्न: वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को दुई महत्त्वपूर्ण पदका लागि भएको निर्वाचनको अन्तिम मतगणना सम्पन्न भएको छ। महासङ्घको नयाँ कार्यसमितिलाई पूर्णता दिन शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान र मतगणना भएको हो। निर्वाचन समितिका अनुसार महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान भारी मतका साथ निर्वाचित भएका छन्।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य र रामचन्द्र संघईबीच मुख्य प्रतिस्पर्धा भएको थियो। सम्पन्न मतगणनाअनुसार वैद्य ५६ मत प्राप्त गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी संघईले ३० मत मात्रै प्राप्त गरे। यसैगरी कोषाध्यक्ष पदमा निर्वाचित भएका मनिषलाल प्रधानले ६१ मत हासिल गर्दा उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेको निर्वाचन समितिले आधिकारिक जानकारी दिएको छ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष वैद्य र कोषाध्यक्ष प्रधान दुवै जना महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ समूह (प्यानल) बाट चुनावी मैदानमा उत्रिएका थिए। अध्यक्ष श्रेष्ठले आफ्नो प्यानलबाट उम्मेदवार घोषणा गरेसँगै महासङ्घभित्र व्यावसायिक र नीतिगत सुधारका लागि यो टोली प्रतिवद्ध रहने दाबी गरिएको थियो। दुई शीर्ष पदाधिकारीको चयनसँगै महासङ्घको नयाँ कार्यसमितिले पूर्ण रूपमा आकार लिएको छ। निजी क्षेत्रको छाता सङ्गठनमा नयाँ नेतृत्व आएसँगै देशको वर्तमान आर्थिक शिथिलता, नीतिगत सुधार र व्यावसायिक वातावरण निर्माणमा नयाँ कार्यसमितिले ठोस पहल गर्ने व्यवसायीहरूको अपेक्षा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा