प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक: समसामयिक विषय र सरकारको कार्यसम्पादनमाथि छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज मङ्गलबार मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो।

स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकमा सरकारको नियमित काम कारबाही, प्रशासनिक निर्णयहरू तथा मुलुकको पछिल्लो राजनीतिक एवं समसामयिक विषयहरूमा केन्द्रित रहेर छलफल हुनेछ। संघीय संसद्मा बजेटमाथिको छलफल र सीमा विवादका विषयमा राजनीतिक सरगर्मी बढिरहेका बेला प्रधानमन्त्री शाहले बोलाएको यस बैठकलाई महत्त्वका साथ हेरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा