दिल्ली दरबारमा रवि लामिछाने: जयशंकर र अमित शाहसँगको ‘पावर मिटिङ’ पछि आज मोदीसँग वान-टु-वान वार्ता

काठमाडौँ । पाँच दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन्. भारतीय मिडियामा आफ्नो एजेन्डा स्थापित गरेलगत्तै लामिछाने र मोदीबिच हुन लागेको यस भेटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ.

यसअघि भ्रमणका क्रममा सभापति लामिछानेले दिल्लीमा तीव्र राजनीतिक दौडधुप गरिसकेका छन्. उनले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित साहसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गरेका थिए. ती उच्चस्तरीय भेटहरूमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र कूटनीतिक सहकार्यका विषयमा गहन विचार विमर्श भएको रास्वपा स्रोतले जनाएको छ.

लामिछानेको यो भ्रमण दललाई भाजपाले ‘रेड कार्पेट’ सहित भव्य स्वागत गरेको छ, जसले नेपालको नयाँ राजनीतिक शक्तिप्रति दिल्लीको फेरिँदो दृष्टिकोणलाई स्पष्ट पार्छ. भारतीय प्रधानमन्त्री मोदीसँगको आजको भेटवार्तापछि लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल यही जेठ २२ गते स्वदेश फर्कने कार्यसूची रहेको छ.

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा