आज देशका ३६ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सङ्गठनात्मक नीति अनुरूप आज र भोलि देशभर जिल्ला अधिवेशनहरू सञ्चालन हुँदै छन्। केन्द्रीय समितिबाट निर्णय भए बमोजिम पार्टीले आफ्नो साङ्गठनिक संरचनालाई मजबुत बनाउन यो प्रक्रिया अघि बढाएको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज शनिबार पहिलो दिन देशका विभिन्न ३६ जिल्लामा अधिवेशन सुरु भइरहेको छ। आज अधिवेशन हुने जिल्लाहरूमा कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी रहेका छन्। त्यस्तै मधेश प्रदेशका महोत्तरी र रौतहट; बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर (भोली हुने तालिका भए पनि हाल परिमार्जित), दोलखा, नुवाकोट, मकवानपुर, काभ्रे सिन्धुपाल्चोक र सिन्धुली; तथा गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा आजै अधिवेशन तोकिएको छ।

यसैगरी लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा; कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा पनि आजै नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ। बाँकी जिल्लाहरूको अधिवेशन भोलि आइतबार सञ्चालन हुने कार्यतालिका छ भने विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ। रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा