मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ. कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैठक सुरु भएको हो.

बैठकमा सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नियुक्ति गर्नेबारे गम्भीर छलफल चलिरहेको स्रोतले जनाएको छ. केही समयअघि कांग्रेस संसदीय दलका केही सदस्यहरूले मुख्यमन्त्री शाहलाई पदबाट हटाउने उद्देश्यले अविश्वासको प्रस्ताव ल्याएका थिए. उक्त अविश्वास प्रस्ताव पक्षधरलाई अल्पमतमा पारेर मुख्यमन्त्री शाहले तत्कालका लागि आफ्नो सत्ता जोगाउन सफल भए पनि दलभित्रको समस्याको दिगो समाधान हुन सकेको छैन.

यसै साङ्गठनिक कलहलाई अन्त्य गर्ने उद्देश्यले मुख्यमन्त्री शाहले मन्त्री हेरफेरको नयाँ योजना बनाएको र सोही अनुसार संसदीय दलको बैठकमा छलफल अगाडि बढाइएको बुझिएको छ. स्रोतका अनुसार, यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने समूहकै केही सदस्यहरूलाई सरकारमा सामेल गराई आन्तरिक सन्तुलन मिलाउने मुख्यमन्त्री शाहको तयारी छ. आजको बैठकबाट पुराना मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीका रूपमा नयाँ अनुहारहरूको नाम सिफारिस गरिने बलियो सम्भावना रहेको छ.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा