परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता: कनेक्टिभिटी र ऊर्जा क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबिच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ. नेपालमा नयाँ सरकार गठन भएपश्चात् दुई देशका विदेशमन्त्रीबिच भएको यो पहिलो औपचारिक र महत्त्वपूर्ण राजनीतिक भेटघाट हो.

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री बालेन शाह र नेपाली जनताको तर्फबाट भारत सरकारलाई शुभकामना सन्देश दिँदै नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिको स्पष्ट जनादेशका साथ आएको प्रष्ट पारेका थिए. उनले नेपाल र भारतबिच कुनै पुरानो बोझ वा विवाद नरहेको उल्लेख गर्दै नजिकको छिमेकीसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ सङ्कल्प रहेको बताए. मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो हालैको भारत भ्रमणका क्रममा राखेका कूटनीतिक अवधारणाका आधारमा सरकार अगाडि बढ्न चाहेको धारणासमेत राखेका थिए.

भारतीय विदेशमन्त्री जयशङ्करले नेपाल र भारतबिचको अद्वितीय सम्बन्ध आपसी विश्वास, सम्मान र साझा समृद्धिको जगमा उभिएको उल्लेख गरे. उनले कनेक्टिभिटी, ऊर्जा, व्यापार र आर्थिक रूपान्तरण जस्ता बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउन भारत सधैँ प्रतिबद्ध रहेको कुरामा जोड दिएका छन्. यस द्विपक्षीय बैठकले विगतका सहयोगको समीक्षा गर्नुका साथै आगामी दिनमा दुई देशबिच हुने उच्चस्तरीय भ्रमणहरूका लागि महत्त्वपूर्ण आधार तयार पारेको बताइएको छ.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा