काठमाडौँ । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको एकैपटक सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार राति जनपद प्रहरी समूहका ५०९ जना इन्स्पेक्टरहरूको जिम्मेवारीमा व्यापक फेरबदल गरेको हो।
विभागले देशका विभिन्न जिल्लाका इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग, वृत्त र प्रधान कार्यालयका विभिन्न शाखा एवं विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूलाई नयाँ कार्यक्षेत्र तोकेको छ। आवश्यकता र प्रहरी सङ्गठनको नियमित प्रक्रिया अन्तर्गत यो व्यापक सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भई गएको नयाँ दरबन्दी र कार्यालयबाटै पाउने गरी व्यवस्था मिलाइएको छ। प्रधान कार्यालयले सरुवाको पूर्ण सूचीसमेत सार्वजनिक गरेको छ।
नेपाल प्रहरीमा व्यापक हेरफेर: ५०९ जना इन्स्पेक्टरहरूको एकैपटक सरुवा (सूचीसहित)
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।





