प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै: विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने (कार्यसूचीसहित)

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज असार ३ गते बुधबार बिहान ११ बजे बस्दै छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक (बजेट) अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयका विभिन्न शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्न र स्पष्टीकरणको जवाफ सम्बन्धित मन्त्रीहरूले प्रस्तुत गर्नेछन्।

यसका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका बजेट शीर्षकमाथि भएका छलफलको समेत मन्त्रीहरूबाट स्पष्टीकरण दिने कार्यसूची तय गरिएको छ। केही दिनदेखि बजेटमाथि संसद्‌मा जारी गर्मागर्मी बहस र आलोचनापछि आज मन्त्रीहरूले दिने जवाफलाई महत्त्वका साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा