सोमबारको मौसम: कोशीमा धेरै भारी वर्षाको रेड अलर्ट, विभिन्न प्रदेशमा हावाहुरी र चट्याङ्गको जोखिम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बादल लाग्नेछ। मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै देशका अधिकांश पहाडी, हिमाली तथा तराईका भू-भागहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपात हुनेछ। देशका तराई भू-भागका केही स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना हुनुका साथै कोशीको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा देशभर साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मध्यम वर्षा र हिमपात जारी रहनेछ। तराईतर्फ मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका धेरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षा हुने देखिन्छ। राति कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा