सातवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण: इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित देशका विभिन्न सातवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले उनीहरूलाई शपथ गराएका हुन्। यसअघि सोही दिन प्रधानमन्त्री तथा कुलपति वालेन्द्र शाहले उनीहरूलाई नियुक्त गरेका थिए।

शपथ लिनेहरूमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयका श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका सुजन बाबु मरहट्टा रहेका छन्। शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा रहेको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उनीहरूलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

शपथ ग्रहण समारोहमा मन्त्री पोखरेलले विश्वविद्यालयका कामकारबाही निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले अगाडि बढाउन निर्देशन दिएका छन्। नवनियुक्त उपकुलपतिहरूले सरकारले खुला प्रतिस्पर्धाबाट छनोट गरेकोले आफ्नो मनोबल उच्च रहेको बताउँदै विश्वविद्यालयको साख र गरिमालाई उँचो राख्न निर्भीकता र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा