नेपाली कांग्रेसभित्र फुटको खतरा तीव्र: पार्टी एकता जोगाउन विभिन्न पक्षबाट चौतर्फी दबाब

काठमाडौँ । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद र ध्रुवीकरण उत्कर्षमा पुगेपछि पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन चौतर्फी दबाब सिर्जना भएको छ। विशेष महाधिवेशनको वैधानिकता र क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण संस्थापन र इतर समूहबिच दूरी बढ्दै गएपछि नेता-कार्यकर्ता तथा जनप्रतिनिधिहरू पार्टी एकताको पक्षमा उभिएका हुन्।

निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले विशेष महाधिवेशन अस्वीकार गर्दै साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गरिसकेका छन्। ५५१ सदस्यीय आयोजक समितिसहित घोषणा गरिएको यस भेलाले पार्टीभित्रको असन्तुष्टिलाई अझ बढाएको छ। अर्कोतर्फ, विवाद सुल्झाउन र दुवै पक्षलाई एउटै मञ्चमा ल्याउन भन्दै युवा नेताहरूले साउन २० गते सुकेधारामा ‘एकता भेला’ आह्वान गरेका छन्।

यसैबिच, कांग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पार्टी नेतृत्वलाई कडा चेतावनी दिएका छन्। पार्टी फुटको दिशामा अघि बढे सामूहिक रूपमा पदबाट राजीनामा दिने चेतावनी दिँदै उनीहरूले साउन २७ गते ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ मार्फत भेला गर्ने भएका छन्। आसन्न केन्द्रीय समिति बैठक र १५औँ महाधिवेशनको तयारीबिच बढ्दो दबाबलाई शीर्ष नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषयले कांग्रेसको भावी राजनीतिक दिशा तय गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा