काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार देशका विभिन्न भू-भागमा साधारणतया बदली रहनेछ भने केही स्थानमा मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
दिउँसो कोशी र मधेश प्रदेशका साथै हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा आंशिक बदली हुनेछ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी र अन्य प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
राति देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपात हुनेछ। तराई भू-भागका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




