काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार तीन बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ठाउँका १० वर्षीय मोहम्मद रहमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सवनम खातुन रहेका छन्।
दिउँसो करिब २ बजे नदीमा पसेका उनीहरू बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य तीव्र पारेको छ। सशस्त्र प्रहरी सुरक्षा बेस देवाही र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोली खोजीमा खटिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए। बेपत्ता बालबालिकाको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।




