बागमतीका मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया बहिष्कार गर्न कांग्रेसको ‘ह्विप’

हेटौँडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापामगरको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ‘ह्विप’ जारी गरेको छ।

अदालतमा मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा संसद्‌मा विश्वासको मत लिनु असंवैधानिक र अदालतको अवहेलना हुने ठहर गर्दै कांग्रेसले यस्तो निर्णय गरेको हो। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले विज्ञप्ति जारी गर्दै विश्वासको मतसम्बन्धी कुनै पनि प्रक्रियामा सहभागी नहुन सबै प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री थापामगरको नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटन, हेटौँडा इजलासमा विचाराधीन रहेको र अदालतले छलफलका लागि बोलाएको अवस्थामा जबर्जस्ती विश्वासको मत प्रक्रिया अघि बढाउन खोजिएको कांग्रेसको आरोप छ। संविधानको धारा १९१ अनुसार अदालतमा विचाराधीन विषयमा प्रदेशसभामा छलफल गर्न बन्देज रहेकाले मुद्दाको किनारा नलाग्दासम्म प्रक्रिया रोक्न कांग्रेसले माग गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा