प्रतिनिधिसभामा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिने: विद्युत् व्यापार सम्झौता पेस गर्ने कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १:०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सम्भावित कार्यसूची तय गरिएको छ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१–८२) समेत सभासमक्ष पेस गर्ने कार्यक्रम छ। यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबिच सम्पन्न भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनमा प्रस्तुत गर्नेछन्।

यसैबिच, सङ्घीय संसद् मातहतका अन्य विषयगत समितिहरूको बैठक पनि आजै बस्दै छ। सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिको बैठक बसेर सम्बन्धित कार्यसूचीमाथि छलफल अघि बढाउने तयारी छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा