सप्तकोशी नदीमा बाढीको बहाव तीव्र, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको अपील

विराटनगर । निरन्तरको वर्षा र पहाडी भूभागबाट लेदोसहितको बाढी आएपछि सप्तकोशी नदीमा पानीको सतह खतराको तह पार गरेको छ। स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७६ हजार ८ सय क्युसेक पुगेको छ। पानीको सतह बढ्दो क्रममा रहेको र पश्चिम किनारतर्फ कटान सुरु भएकाले प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५२ मध्ये १८ वटा ढोका खोलेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार बराहक्षेत्र र कोशी गाउँपालिकाका तटीय बस्तीमा विशेष सतर्कता अपनाइएको छ। नदीमा माछा मार्ने, दाउरा टिप्ने, फोटो तथा भिडियो खिच्ने जस्ता जोखिमपूर्ण गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा