नेपाली कांग्रेसमा समानान्तर महाधिवेशनको संकेत, आन्तरिक विवाद चर्कियो

काठमाडौँ । नेपाली कांग्रेसभित्र आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा १५औँ महाधिवेशनलाई लिएर संस्थापन र इतर समूहबीच समानान्तर गतिविधि तथा छुट्टाछुट्टै महाधिवेशनको सङ्केत देखिएको छ।

नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षले घोषणा गरेको महाधिवेशनको कार्यतालिकालाई अस्वीकार गर्दै छुट्टै ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ र ‘निर्वाचन समिति’ गठन गरी समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

उता संस्थापन पक्षका सहमहामन्त्री उदय शमशेर राणाले भने तोकिएकै मितिमा असोज १६ देखि १९ सम्म १५औँ महाधिवेशन हुने र सबैलाई समेटेर लैजान पहल भइरहेको बताएका छन्। अर्का नेता एनपी साउदले सर्वोच्चमा आधिकारिकता मुद्दा किनारा नलगाइ महाधिवेशन गर्दा समानान्तर रूपमा अधिवेशन आयोजना गर्ने र अदालतको फैसलापछि वैध मानिने पक्षले निरन्तरता पाउने स्थिति बनेको स्पष्ट पारे।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा