भदौ २२ गते बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

लोपोन्मुख चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व ‘न्वागी’ (छोनाम) को अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चेपाङ बाहुल्य रहेका यी तीन जिल्लाका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा हुने जानकारी दिएको छ।

चेपाङ समुदायले भदौ २२ गते नयाँ अन्न, फलफूल र कन्दमूल पितृलाई चढाएर विधिवत रूपमा न्वागी पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा