मौसम अपडेट: शनिबार कोशी र बागमतीका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मुलुकभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा शनिबार देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपात हुनुका साथै कोशी र बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र तराईका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। विशेष गरी कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

यसैगरी शनिबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराईका थोरै स्थानमा वर्षा हुनेछ। भारी वर्षाका कारण हुनसक्ने सम्भावित गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिमबाट जोगिन र दैनिक जनजीवन, यातायात तथा कृषि कार्यमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा