मौसम अपडेट: आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा बिहानपख हुस्सु लाग्ने

काठमाडौँ । मुलुकभर मनसुनी गतिविधि क्रमशः कमजोर बन्दै गए पनि आज (शुक्रबार) पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, तराई क्षेत्रमा आंशिक बदली रही भोलि बिहानपख हुस्सु लाग्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्र र देशभरका तराई भू-भागमा आंशिक बदली रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्नेछ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एक-दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नुका साथै भोलिपल्ट बिहानपख हुस्सु लाग्ने सम्भावना छ। रातिको समयमा कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थान र बागमती तथा गण्डकी प्रदेशको पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा