सङ्घीय संसद्को चालू अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य हुँदै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम चालू अधिवेशन अन्त्य गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा आज असोज १६ गते शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गरिएको हो। यससँगै संसद्को यस अधिवेशनका सम्पूर्ण संसदीय कारबाहीहरू औपचारिक रूपमा सम्पन्न भएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा