कांग्रेसको १५औँ महाधिवेशन : आज बन्द सत्र र निर्वाचन प्रक्रिया सुरु हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढ्दैछ। आइतबार भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र प्रारम्भ हुने कार्यतालिका तय गरिएको छ।

बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूबीच विस्तृत छलफल हुनेछ भने पार्टीको भावी नीति, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा साझा दृष्टिकोण तय गरिने जनाइएको छ।

यसैगरी केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज साँझदेखि चुनावी प्रक्रिया सुरु हुनेछ। बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने ६ः३० बजेसम्म दाबी विरोध दर्ता र जाँचबुझपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा