कांग्रेस महाधिवेशन: विश्वप्रकाश शर्मासहित तीन जना निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि तय भएको निर्वाचनअघि नै तीन जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन्।

सभापतिसहित अन्य बाँकी पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुनेछ। सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुनेछ भने केन्द्रीय कार्यसमितिका लागि भोलि बिहान १० बजेदेखि मतदान सुरु हुने कार्यक्रम तय गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा