आज घटस्थापना: घरघरमा जमरा राखिँदै, नवरात्र आरम्भ

काठमाडौँ । नेपालीहरूको महान् चाड बडा दसैँ आजदेखि घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै औपचारिक रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन बिहानै पवित्र नदी वा स्थलबाट ल्याइएको बालुवा तथा पञ्चमाटोमा जौ, मकै र गहुँ छरेर कलश स्थापना गरी जमरा राख्ने गरिन्छ ।

आजैदेखि नौ दिनसम्म देवी दुर्गाका विभिन्न नौ स्वरूपहरूको आराधना गरिने नवरात्र आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको शुभ साइतमा पूजा कोठा तथा दसैँघरमा विधिपूर्वक कलश स्थापना गरी गणेश, वरुण र नवग्रहको पूजाअर्चना गरिएको छ । नौ दिनसम्म हुर्काइएको पहेँलो जमरालाई विजयादशमीका दिन देवीको प्रसादका रूपमा मान्यजनको हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ ।

घटस्थापना सुरु भएसँगै देशभर चाडपर्वको रौनक छाएको छ । शक्तिपीठ तथा मन्दिरहरूमा दर्शनार्थीको चहलपहल बढेको छ भने बजारमा पूजा सामग्री र खाद्यान्न किनमेल गर्नेहरूको भीड देखिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा