‘मीटू’ ब्यूँतियो

मोडलले बान्द्रा पुलिस स्टेसनमा उनीहरुविरुद्ध एफआईआर दर्ता गराएकी छन् । एफआईआरमा कृष्ण कुमार, निखिल कामत, शील गुप्ता, अजीत ठाकुर र गुरुज्योत सिंहको नाम पनि लेखिएको छ ।एफआईआरमा फोटाग्राफर जूलियनले सन् २०१४ देखि २०१८ बाट बीच कैयौं पटक बलात्कार गरेको उल्लेख गरिएको छ । ती मोडलका अनुसार उजुरी दिएको केही दिनमै एफआईआर दर्ता गरिएको थियो ।उजुरी परेपनि कोही कसैलाई पक्राउ गरिएको छैन । यद्यपि कृष्ण कुमार र जूलियनले आरोप गलत भएको दाबी गरेका छन् । जूलियनले मोडलविरुद्ध मानहानी मुद्धा दर्ता गर्ने धम्की दिएका छन् ।

पीडित भनिएकी महिलाले मे १८ मा उजुरी दिएपछि यो विषयलाई बान्द्राको जोन–९ को डीसीपीको अधिकार क्षेत्रमा पठाइएको छ ।

बान्द्रामा सन् २०१२ देखि २०१९ सम्म यौन दुव्र्यवहारको घटना बढेपछि बान्द्रामै निवेदन दिइएको हो । पीडितको बयानका आधारमा मे २६ मा इण्डियन पेनल कोडसँग सम्बन्धित धारा अनुसार एफआईआर दर्ता गरिएको थियो ।

यद्यपि आरोपी भगनानी भारतमा छैनन् । उनी सेप्टेम्बरमा मुम्बई फर्किने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा