काठमाडौंमा घरबेटीको दादागिरी || गाँस रोकिने बास खोसिने समस्या बढ्दो |

संवाददाता: बिनोद अधिकारी

काठमाडौँ,

काठमाडौँ  तर्केश्वोर नगरपालिका ओडा नम्बर ४ स्थित एक घरबेटीले कोठामा बस्ने एकल महिलालाई लगाएत अन्य कोठामा बसोबास गर्दै आएका व्यक्तिहरूलाई भाडा नदिएको निहुमा कुटपिट गरी घरबाट समान निकालिदिएका छन्।

देसमा lockdown भएको पनि दुई महिना पुग्न लागिसक्यो। यतिबेला देशै भरिमा मानिसहरुमा गास रोकिने , बास खोसिने समस्या बढ्दै गैहिरहेको छ। रोजगार तथा ज्याला मजदुरी गरी उपत्यकामा बस्नेहरुमा गास र बासको ठूलो सङ्कट पैदा भएको छ। घरबेटीहरु घरभाडा माग्छन जागिर नखुलेको पनि दुई महिना पुगिसक्यो । न कोठामा पकाउने रासन छ, न पैसा नै , साथीभाई संग कति सापटी माग्ने ,यस्तो बेला घरबेटीहरुले भाडा नदिएपछि कुटपिट गरी समान बाहिर निकालिदिनछन् । कहाँ बाट पैसा ल्याउने पिडितको यस्तो गुनासो छ |

एकल महिलालाई झनै समस्यै समस्या , न त आफ्नो इष्टमित्र ले हेर्छन् , न त काम गरिरहेको जागिरमा बोलाउँछन। यो समस्या एक जनाको मात्र हैन सबैको समस्या हो | एकजनाको समस्याले सबैको समस्याको प्रतिनिधित्व गर्छ । काठमाडौ तारकेश्वर नगरपालिका ओडा ४ का यी घरबेटी एक पात्र मात्र हुन्। सबैको प्रतिनिधित्व यिनले गरिरहेकै छन्। सबै घरबेटी एकै किसिमका हुन्छन् भन्ने पनि छैन कति घरबेटीले महिनौ दिनको भाडा छोडेको पनि रेकड छ तर महिनामा राम्रो आम्दानी गर्ने र ठुला ठुला देसमा छोराछोरी हुनेले घरभाडा नै मुख्य आम्दानीको सोव्त हो ,यसैबाट जिबिका चलाउनै पर्छ भनेर lockdown को समयमा कोठामा बस्नेलाई भाडा नदिए कुटपिट गरी घरनिकाला गर्नु सोभानिये भयन कि ??
यस्ता किसिमका घरबेटीको अराजकता अन्य ठाउमा नहोला भन्न भने सकिँदैन,यस्ता किसिमका घटनाहरु फेरी पनि नदोहोरियोस र संकटको बेला गास रोकिने र बास खोसिने कार्य नहोस्।

काठमाडौँ तर्केश्वोर नगरपालिका ओडा नम्बर ४ स्थित भएको सम्पुण भिडियो सामग्री तलको लिंकमा छ ::
पुरा भिडियो हेर्नुहोस

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा