जब भारतमा रेल्वे सेवा सुरु भयो, सीमा जोडिएको यो गाउँपालिकामा घर फर्किने मजदुरहरु आउन थाले ।तर अघिल्लो सातासम्म कचनकवल गाउँपालिकामा न कोरोना संक्रमित थिए, न क्वारेन्टाइनमा बस्नेहरु।
सीमा क्षेत्र नजिकै आइपुगेका ३३ जनालाई स्थानीय जनप्रतिनिधिको रोहबरमा उद्धार गरियो र, पथरिया माविको क्वारेन्टाइनमा राखियो । उनीहरुको थ्रोट स्बाव संकलन गरेर कोरोना परीक्षण गर्दा १० जनाको पोजेटिभ आयो ।
संक्रमितलाई उपचारका लागि बिराटनगरस्थित कोरोना अस्पताल पठाएको पाएको थिएन, अर्को समूह सीमामा आइपुग्यो । त्यसरी आएका ६५ जनालाई लक्ष्मीप्रसाद देवकोटा माविमा राखेको थियो । उनीहरुमध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकीको रिपोर्ट के भयो, खबर आइपुगेको छैन ।
महेन्द्र माविका राखिएका ९५ जना र अर्को विद्यालयमा रहेका ३० जनाको परीक्षण गर्न बाँकी छ । पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन चाहिने भाइरस ट्रासपोट मेडियम (भीटीएम) को अभाव छ ।
सीमा क्षेत्रमा भने थप नागरिक आइपुगिसकेका छन् र उनीहरु उद्धारको पर्खाइमा छन् । गाउँपालिकाको करिव ४८ किलोमिटर सीमा भारतसँग जोडिएको छ र भारतमा रेल्वे सञ्चालनमा आएसँगै मजदुरीका लागि गएका नेपालीहरु फर्किएर रहेका नागरिकहरु आफ्नो घर भएको ठाउँ नजिक सीमामा जम्मा हुन्छन् ।
सीमा क्षेत्रबाट क्वारेन्टाइनस्थल नजिकै भए हिँडाएर, नभए ट्याक्टर वा अन्य सवारी साधानमा ल्याउने गरिएको छ ।