काठमाडौं । लगातार बढेको सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । हिजो एकैदिन तोलामा ५ हजार ५०० रूपैयाँले बढेको सुन आज पनि ९०० रूपैयाँले बढेर नयाँ किर्तिमान काय गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँ पुगेको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन तोलामा १६५ रुपैयाँले बढेर तोलाको चार हजार चार सय २० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार दुई सय ५५ रुपैयाँ थियो ।
