टर्कीमा विमान दुर्घटना हुँदा लिबियाका सेना प्रमुखकाे निधन

काठमाडाैं । विमान दुर्घटनामा लिबियाली सेनाका प्रमुख मोहम्मद अली अहमद अल–हद्दादको मृत्यु भएको छ।

मंगलबार टर्कीको राजधानी अंकाराबाट फर्किंदै गर्दा भएको उक्त दुर्घटनामा विमानमा सवार अन्य चार जनाको पनि मृत्यु भएको लिबियाको राेयटर्सले उल्लेख गरेकाे छ।

लिबियाको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारका प्रधानमन्त्री अब्दुलहमिद दबैबाहले विज्ञप्ति जारी गर्दै भने, “अंकारा सहरबाट आधिकारिक भ्रमण सकेर फर्किने क्रममा यो दुःखद र पीडादायी घटना भएको हो। यो क्षति राष्ट्र, सैन्य संस्था र सम्पूर्ण जनताका लागि ठूलो क्षति हो।”

प्रधानमन्त्रीका अनुसार उक्त विमानमा लिबियाली स्थल सेनाका कमान्डर, सैन्य उत्पादन प्राधिकरणका निर्देशक, प्रमुख स्टाफका सल्लाहकार तथा प्रमुख स्टाफ कार्यालयका एक फोटोग्राफर पनि सवार थिए।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै विमान अंकाराको एसेनबोआ विमानस्थलबाट १७:१० जीएमटीमा त्रिपोलीका लागि उडेको र १७:५२ जीएमटीमा रेडियो सम्पर्क विच्छेद भएको बताए। उनका अनुसार अंकाराको हायमाना जिल्लास्थित केसिक्काभाक गाउँ नजिक विमानको भग्नावशेष फेला परेको छ।

गृहमन्त्री येर्लिकायाले डासो फाल्कन ५० मोडेलको उक्त जेटले हायमानामाथि उडिरहेको बेला आपतकालीन अवतरणको अनुरोध गरे पनि त्यसपछि सम्पर्क हुन नसकेको बताए।

दुर्घटनाको कारण तत्काल स्पष्ट नभएको टर्कीका न्यायमन्त्री यिलमाज तुनचले बताएका छन्। उनका अनुसार दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा