काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता बिक्रीमा राखेको थियो ।
जसमा ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकोमा १३ हजार ८४२ जनाको आवेदन रद्द भई ५ लाख १९ हजार ४६ जनाको आवेदन स्वीकृत भएको थियो ।
स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले ५०/५० कित्ताका दरले र सोहीमध्येका १८ जनाले थप १/१ कित्ता गरी ५१ कित्ता पाएका छन् ।
बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
